कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल

विद्यार्थीको माग र बजारको आवश्यकताका आधारमा मात्रै विश्वविद्यालय खोल्न शिक्षामन्त्रीको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा, कात्तिक १२ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थीको माग, बजारको आवश्यकता र राज्यको लगानीको औचित्य पुष्टि हुनेगरी मात्रै विश्वविद्यालय स्थापना गर्न सुझाव दिनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीबारदेखि सुरु भएको ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिने कार्यशालालाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयको सङ्ख्या बढाउनुभन्दा सञ्चालनमा रहेका विश्वविद्यालयलाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्री पोखरेलले सञ्चालनमा रहेका विश्वविद्यालयको अवस्था, विद्यार्थीको माग र बजारको आवश्यकताको अध्ययन गरेर मात्रै नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालय स्थापना गर्दा तीन तहका सरकारबिच  समन्वय गरी आवश्यक स्रोत जुटाउनुपर्ने उहाँको भनाइ छ । सरकारले शिक्षामा लगानी गर्न तयार रहेपनि त्यसबाट प्रतिफल प्राप्त हुने आधार स्पष्ट हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले सङ्घीय, प्रादेशिक तथा विज्ञान प्रतिष्ठानअन्तर्गत देशभर २८ वटा विश्वविद्यालय रहेको जानकारी दिँदै थप विश्वविद्यालय स्थापना गर्ने क्रम जारी रहेको बताउनुभयो । विश्वविद्यालयको सङ्ख्या मात्रै नभई तिनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्नु समस्या रहेको उहाँको भनाइ छ ।

मन्त्री पोखरेलले प्रादेशिक विश्वविद्यालयमा सङ्घीय सरकार र विश्वविद्यालय अनुदान आयोगको भूमिका स्पष्ट हुनुपर्ने बताउनुभयो । विश्वविद्यालय स्थापना गर्नुअघि नै आयोगसँग परामर्श र समन्वय गर्नसके संस्थागत विकासमा सहज हुने उहाँको भनाइ छ । आगामी दिनमा स्थापना हुने विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँको सुझाव छ ।

पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्ग केसी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झा, रेशु अर्याल ढुङ्गानालगायतले विश्वविद्यालयको सङ्ख्याभन्दा गुणस्तरीय शिक्षा प्रणाली महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामालगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार विश्वविद्यालयअन्तर्गत मकवानपुरको हेटौँडा क्याम्पस, चितवनको भुवानी शङ्कर क्याम्पस र माडी क्याम्पस, काठमाडौँको कुलेश्वरस्थित जनमैत्री क्याम्पस तथा कपन क्याम्पस र काभ्रेको चैतन्य क्याम्पस रहेका छन् ।

बागमती विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, प्रादेशिक विश्वविद्यालयको संस्थागत विकास तथा प्रभावकारी समन्वयका विषयमा छलफल भएको थियो । कार्यशालामा सङ्घीय, प्रादेशिक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, क्याम्पस प्रमुख र प्राध्यापकहरूको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार