मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पूर्वसांसद गुप्तासहित १२ जनाविरुद्ध सरकारी वकिल कार्यालयमा किटानी जाहेरी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव मुकेश चौरसियाको हत्याको आरोप लागेका पूर्व सांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध सरकारी वकिल कार्यालयमा किटानी जाहेरी दर्ता भएको छ ।

पर्सा प्रहरीले पूर्व सांसद गुप्ताको नाम आएपछि जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। बिहीबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालयले सो किटानी जाहेरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय बीरगञ्जलाई पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले रितपूर्वक आएको जाहेरी मात्रै दर्ता गर्ने अडान लिँदै आएकी छिन् । एसपी पन्तले चौरसियाको हत्यामा राजनीतिकरण भएको भन्दै प्रहरीले अनुसन्धानमा देखेका कुरालाई मात्र स्वीकार गर्ने र राजनीतिक दलको चाहनाअनुसार व्यक्तिलाई फसाउने नियमत देखिएकाले जाहेरी दर्ता नभएको बताएकी थिइन् ।

गत बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नवगठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्न व्यक्तिहरुलाई प्रधानमन्त्रीले बचाउन खोजेको आरोप लगाउँदै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेकपाका नेता तथा कार्यकर्ताहरुले घटनाका मुख्य योजनाकार पूर्वसांसद गुप्तासहित १२ जना संग्लन व्यक्तिको जाहेरी दर्ता गर्न माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्व सांसद राजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरी बिहीबार राति नै छाडेको थियो ।

उक्त झडपमा घाइते भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्प्तालबाटै फरार छन् । चौरसियाको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार