कार्तिक १६, २०८३ सोमबार November 2, 2026

राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

दुई देशबीचको संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तन, विकास सहकार्य तथा आपसी हितका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारमा भएको भेटमा दुई देशबीचको संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तन, विकास सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको छ।

भेटमा अध्यक्ष दाहालले प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्डको अनुभव नेपालका लागि उपयोगी हुने बताउँदै संसदीय अभ्यास, सूचना प्रविधि तथा विधायिकी क्षेत्रमा सहकार्यको अपेक्षा व्यक्त गरे।

उनले रसुवा–भोटेकोशी बाढी प्रभावितका लागि स्वीट्जरल्याण्डले गरेको मानवीय सहयोगप्रति धन्यवाद दिँदै जलवायु न्याय र जलवायु वित्तमा सहकार्य गर्न आग्रह गरे।

अध्यक्ष पेजले नेपाल भ्रमणबाट आफू खुसी भएको बताउँदै संसदीय सहकार्यलाई प्राथमिकता दिने उल्लेख गरे। उनले नेपाल र स्वीट्जरल्याण्डबीचको मित्रता थप सुदृढ बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार