मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाण्डौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ९ सय ९१ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा शुक्रबारसम्म कोरोना संक्रमितको कुल संख्या ७४ हजार ९ सय ९१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लाको समेत गरी हो । कोरोना भाईरस संक्रमणका कारण हालसम्म काठमाण्डौं उपत्यकामा ३ सय ३३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७ सय ४२ पुगेको छ । जसमध्ये ४४ हजार २ सय ८८ जना निको भएका छन् भने २ सय १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ पुगेको छ ।

त्यसैगरी ललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८ हजार ५९९ जना रहेको छ । जसमध्ये ६ हजार १९६ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या भने हालसम्म २ हजार ३ सय ४५ रहेको छ ।

भक्तपुर जिल्लामा  भने ५ हजार ६५० जना संक्रमित  रहेका छन् जसमध्ये ४ हजार ४२२ जना निको भएका छन् । भक्तपुरमाा हालसम्म ६३ जनाको मृत्यु भएको छ ।  त्यसैगरी सक्रिय संक्रमितको संख्या भने १ हजार १६५ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार