कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित

कानुन कार्यान्वयनको अवस्था मापन गर्न राष्ट्रिय सभाको पहल, दुई प्रतिवेदन स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धसम्बन्धी दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

मंगलबार बसेको समितिको बैठकले ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ र ‘विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमिति’का प्रतिवेदन पारित गरेको हो।

डा. अञ्जान शाक्य संयोजक रहेको ऐन कार्यान्वयन मापनसम्बन्धी उपसमितिले तयार पारेको ७८ पृष्ठको प्रतिवेदनमा अस्ट्रेलिया, जर्मनी, जापान, बेलायत, भारतलगायत विभिन्न देशका कानुन कार्यान्वयनसम्बन्धी अभ्यास समेटिएका छन्।

शाक्यले कानुन निर्माणपछि त्यसको कार्यान्वयन, उद्देश्य प्राप्ति र नागरिकको जीवनमा परेको प्रभावको अध्ययन गर्नु पनि संसद्को महत्वपूर्ण जिम्मेवारी भएको बताइन्।

बैठकमा सांसदहरूले प्रतिवेदनलाई महत्वपूर्ण र अनुसन्धानका लागि उपयोगी दस्ताबेजका रूपमा लिँदै यसको प्रशंसा गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार