कार्तिक १८, २०८३ बुधबार November 4, 2026

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

पछिल्लो समय ब्यालेस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्र, आक्रमणकारी ड्रोन र क्लस्टर बम धमाधम परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, १८ कात्तिक : उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँगको सम्भावित कूटनीतिक संवाद र ह्याकिङसम्बन्धी आरोपबीच प्योङयाङले हतियार परीक्षणलाई निरन्तरता दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गर्नुभएपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ ।

विश्वकै ठूलो क्रिप्टोकरेन्सी विनिमय मञ्च बाइनान्समा छ अर्ब अमेरिकी डलरभन्दा बढीको चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोपलाई उत्तर कोरियाले अस्वीकार गरेको छ । एफबीआईले उक्त आक्रमणलाई गत वर्ष बाइबिटमा एक अर्ब ५० करोड अमेरिकी डलर चोरी गरेको आरोप लागेको ‘ट्रेडरट्रेटर’ समूहसँग जोडेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी आरोपलाई वासिङ्टनको शत्रुतापूर्ण नीतिको निरन्तरताका रूपमा आलोचना गर्नुभएको छ । उहाँले त्यस्ता व्यक्तिसँग वार्ता गर्न आवश्यक नरहेको बताउँदै संवादले राष्ट्रिय हित पूरा नगर्ने धारणा व्यक्त गर्नुभएको छ ।

उत्तर कोरियाले पछिल्लो समय ब्यालेस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्र, आक्रमणकारी ड्रोन र क्लस्टर बम परीक्षण गरेको छ । मङ्गलबार परीक्षण गरिएको नयाँ क्लस्टर वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र नष्ट गर्न सक्ने प्योङयाङको दाबी छ ।

यसैबीच, सेप्टेम्बरमा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई कोरियाबीचको तनाव पनि बढेको छ । सियोलले उत्तर कोरियामाथि सैन्य सीमाङ्कन रेखाको दक्षिणतर्फ सुरुङ बिछ्याएको आरोप लगाउँदै माफी माग्नुपर्ने बताएको छ । प्योङयाङले भने जिम्मेवारी अस्वीकार गर्दै प्रतिकारको चेतावनी दिएको छ । उसले सीमामा प्रचारात्मक लाउडस्पीकर प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने धम्कीसमेत दिएको छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार