कार्तिक १८, २०८३ बुधबार November 4, 2026

दक्षिण अफ्रिकाका प्रसिद्ध क्रिकेटर डेभिड मिलर काठमाडौंमा

एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिहरूले गरे भव्य स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका प्रसिद्ध क्रिकेटर डेभिड मिलर नेपाल आइपुगेका छन्।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। नेपाल पहिलोपटक आएका मिलरलाई विमानस्थलमा एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिहरूले भव्य स्वागत गरेका थिए।

कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई आफ्नो टोलीमा अनुबन्ध गरेको हो।

बायाँहाते मध्यक्रमका ब्याटर मिलर सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र तीव्र दबाबका बीच पनि खेललाई आफ्नो पक्षमा ढाल्न सक्ने विलक्षण क्षमताका लागि विश्वभर परिचित छन्।

३७ वर्षीय अनुभवी मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै २ शतक र ९ अर्धशतकसहित कुल २,८०४ रन बनाएका छन्। यसका साथै उनले १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेलहरूमा ८ शतक र २४ अर्धशतकको मद्दतमा ४,७६२ रन जोडेका छन्।

समग्र टी-२० क्रिकेटमा उनको खेल जीवनको तथ्यांक अझ बढी लोभलाग्दो छ। उनले विश्वका विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा भाग लिँदै ४ शतक र ५३ अर्धशतकसहित १२,४३५ रन बनाइसकेका छन्।

विश्वविख्यात इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स जस्ता टोलीबाट खेलिसकेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि उचाल्दा टोलीका प्रमुख र निर्णायक सदस्य रहेका थिए।

सन् २०१७ मा बङ्गलादेशविरुद्ध मात्र ३५ बलमा विस्फोटक टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेर सनसनी मचाइएका मिलरलाई विश्व क्रिकेटका सबैभन्दा अनुभवी र घातक फिनिसरहरूमध्ये एक मानिन्छ।

तेस्रो संस्करणको एनपिएल प्रतियोगिता कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्यालद्वारा विषयगत समितिका सभापतिहरूसँग छलफल
२०८३ कार्तिक १८, बुधबार
भद्रपुरमा तीनदिने विद्यार्थी महोत्सव सुरु, ५८ विद्यालय सहभागी
२०८३ कार्तिक १८, बुधबार
नेपाल प्रिमियर लिग (एनपीएल) : अङ्कतालिकाको शीर्ष स्थानमा लुम्बिनी
२०८३ कार्तिक १८, बुधबार
सरकारद्धारा डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
२०८३ कार्तिक १८, बुधबार
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
२०८३ कार्तिक १८, बुधबार
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
२०८३ कार्तिक १८, बुधबार
प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न गृहमन्त्री गुरुङको निर्देशन
२०८३ कार्तिक १८, बुधबार