कार्तिक १८, २०८३ बुधबार November 4, 2026

स्वास्थ्यमन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल र जापानबिचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले जापान सरकारले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो ।

राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापाको बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति
२०८३ कार्तिक १८, बुधबार
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
२०८३ कार्तिक १८, बुधबार
लमजुङको खुदीमा धार्मिक तथा सांस्कृतिक मेलाको तयारी, मंसिर ४ देखि ९ गतेसम्म सञ्चालन हुने
२०८३ कार्तिक १८, बुधबार
आफू अनुकूलको काम गराउन आईजीपी परिवर्तन गरिएको हुन सक्छ : ओली
२०८३ कार्तिक १८, बुधबार
सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह
२०८३ कार्तिक १८, बुधबार
चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्न मन्त्री श्रेष्ठको निर्देशन
२०८३ कार्तिक १८, बुधबार
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त
२०८३ कार्तिक १८, बुधबार