असार १०, २०८३ बुधबार June 24, 2026

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ६ वटा निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले गत असोज १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।

बिहिबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी सो निर्णयहरू सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद बैठकले सार्वजनिक गरेका निर्णयहरूः

१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रु २ अर्ब ७१ करोड ३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यालय कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाइ काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३. आर्थिक बर्ष २०७६/७७ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका सातवटा आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

४. सहायक रथीद्धय अशोकराज सिग्देल र गोकुल भण्डारीलाइ उपरथी दर्जामा तथा महासेनानी कुमार बाबु थापा समेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५. नख्खुखोला-भैंसेपाटी- बुङ्मति सडक स्तरोन्ती गर्नको लागि राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६. नेपाल-भारत विद्युत व्यापार सम्झौता अन्तर्गत संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौ बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाइ भाग लिन स्वीकृति दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार