कार्तिक २१, २०८३ शनिबार November 7, 2026

‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा

घृणा, प्रतिशोध, पूर्वाग्रह सबै कुराहरू पुरानो वर्षसँगै त्यागौँ र नयाँ वर्ष नयाँ उत्साह र नयाँ जोशका साथ सकारात्मकतासहित सुरु गरौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन्।

नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा ¥यालीमा सहभागी हुँदै उनले नयाँ वर्षको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका हुन्।

उनले नेपाल संवत्को अवसरमा नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरे।

‘यो वर्ष जति पनि नकारात्मक कुराहरू छन्, घृणा, प्रतिशोध, पूर्वाग्रह सबै कुराहरू पुरानो वर्षसँगै त्यागौँ र नयाँ वर्ष नयाँ उत्साह र नयाँ जोशका साथ सकारात्मकतासहित सुरु गरौँ,’ उनले भने।

थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार
लुम्बिनीलाई जितका लागि १६१ रनको लक्ष्य, वार्नरको अर्धशतक
२०८३ कार्तिक २१, शनिबार
‘राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भयो’ : संयोजक प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार