कार्तिक २२, २०८३ आइतबार November 8, 2026

‘तिहारले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ’ : सभामुख अर्याल

विविधताबीचको एकतालाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा अघि बढ्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले नेपालीबीच सामाजिक सद्‌भाव, भाइचारा र राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीचको एकतालाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले तिहारले मानव र प्राणी जगतबीचको सहसम्बन्धलाई आत्मसात् गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आपसी स्नेहलाई थप गाढा बनाउने उल्लेख गरेका छन् ।

यस वर्षका चाडपर्व भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्को पीडाबीच मनाउनुपरेको उल्लेख गर्दै सभामुख अर्यालले विपद्का बेला एकअर्कालाई सहयोग र साथ दिँदै अघि बढ्न तिहारजस्ता पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा तिहारले सामाजिक सद्‌भाव र अन्तरघुलनलाई मजबुत बनाउँदै विविधताबीचको सौहार्दपूर्ण एकता कायम राख्न योगदान पुर्‍याउने उनको भनाइ छ ।

उनले तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु र निरन्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया