कार्तिक २३, २०८३ सोमबार November 9, 2026

एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित

कर्णाली याक्स ६३ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । आज सम्पन्न आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो । दुई सय १८ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली याक्सले १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाएर एक सय ५४ रन बनायो ।
दुई सय १७ रन बनाउने क्रममा पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले । उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए । त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रन बनाए । कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे । महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए ।
बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । यस्तै मार्क वाटले एक विकेट लिए ।
जवाफी ब्याटिङ गर्ने क्रममा कर्णाली याक्सका लागि पवन शर्राफले ३२, अरिफुल स्लामले २४, दीपक डुम्रेले २२, सोमपाल कामीले २१ तथा सूर्य तामाङले १३ रन बनाए । बलिङतर्फ पोखरा एभेन्जर्सका लागि मेहदी हसनले तीन, धनन्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले दुई दुई विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८३ कार्तिक २३, सोमबार
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
२०८३ कार्तिक २३, सोमबार
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
२०८३ कार्तिक २३, सोमबार
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार