मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

भारतीय सेनापति नरवाणे काठमाण्डौं ओर्लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवाणे त्रिभुवन अन्तराष्ट्रिय विमानस‍्थल अवतरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा स्थलसेनाध्यक्ष सहितको टोली भारतीय सेनाको विशेष विमानबाट मध्यान्ह सवा ११ बजे काठमाण्डौं अवतरण गरेका हुन् ।

नरवाणेसहितको भ्रमण टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति बिशिष्ट कक्षमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो । विमास्थलबाट  अवतरण भएलगत्तै उनी नेपाली सेनाको बिशेष सुरक्षा स्कर्टिङमा सोल्टी होटल गएका छन् । तीन दिने नेपाल बसाईका क्रममा उनी त्यही होटलमा रहनेछन् ।

आजै साँझ उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् । नरवाणे बस्ने सोल्टी होटल लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल भ्रमणको अवधिमा नरवाणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापति लगायतका उच्चपदाधिकारीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भोली बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्यानी प्रदान गर्ने कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार