काठमाडौं। मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलका नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नयाँ सरकार गठनका लागि दलहरूलाई शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा दिइएको थियो।
तोकिएको समयभित्र कुनै पनि दलले दाबी पेस गर्न नसकेपछि प्रदेश प्रमुखले ठुलो दलको नेतालाई सरकार गठनका लागि आह्वान गरेका हुन्।
नियुक्त मुख्यमन्त्री यादवले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया