मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एनपिएल तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो

उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपियाँ पुरस्कार प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले अविजित १२५ रनको शतकीय पारी खेल्नुभयो । उहाँले ५४ बलमा १२ छक्का र आठ चौका प्रहार गर्नुभयो । अर्का ओपनर विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहनुभयो ।

यससँगै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनल खेलेर पहिलो पटक उपाधि उचालेको छ । उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ८० लाख रुपियाँ पाएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ तथा अलि शेखले २४ रन बनाउनुभयो । डार्सी शर्टले २१ रन जोड्नुभयो ।

सुदूरपश्चिमका स्कट कुगलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिनुभयो । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले एक–एक विकेट लिनुभयो ।

लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई छ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार