मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

नेपाल खुला विश्वविद्यालयमा भर्ना खुल्यो, MBA का लागि २.५ CGPA अनिवार्य

नेपाल खुला विश्वविद्यालयको स्नातकोत्तर प्रवेशका लागि अनलाइन आवेदन खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले सेमेस्टर प्रणालीमा आधारित दुईवर्षे (चार सेमेस्टर) स्नातकोत्तर तहका कार्यक्रममा भर्नाका लागि आवेदन खुला गरेको छ।

विश्वविद्यालयका अनुसार इच्छुक विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। MBA कार्यक्रममा आवेदन दिन भने स्नातक तहमा कम्तीमा दोस्रो श्रेणी वा CGPA २.५ प्राप्त गरेको हुनुपर्नेछ। दुवै कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन हुनेछन्।

आवेदन शुल्क एक हजार रुपैयाँ तोकिएको छ। इच्छुक आवेदकले विश्वविद्यालयको आधिकारिक वेबसाइटमा रहेको Student Panel को ‘For Entrance Portal’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदनका क्रममा आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्र स्क्यान गरी अपलोड गर्नुपर्नेछ।

त्यस्तै, ग्लोबल आईएमई बैंक लिमिटेडको कीर्तिपुर शाखामा रहेको नेपाल खुला विश्वविद्यालयको खातामा आवेदन शुल्क जम्मा गरी भौचरसमेत अपलोड गर्नुपर्नेछ। शुल्क जम्मा गर्दा आवेदकले आफ्नो नाम र फोन नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ।

प्रवेश परीक्षाको मिति र समय पछि विश्वविद्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।

FB_IMG_1795222896541.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया