मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

जाडोयाम नजिकिँदै गर्दा ऊर्जा संरचनामाथिका आक्रमणले युक्रेनको अवस्था थप कठिन बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

डायमर । युक्रेनको किएभ क्षेत्रमा रुसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट भत्किएको आवासीय भवनको भग्नावशेषमा पुरिएकाहरूको खोजीमा उद्धारकर्मीहरू खटिएका छन् ।

किएभबाट करिब ४५ किलोमिटर उत्तरमा रहेको डायमरमा पाँचतले भवनको एक भाग भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारी तिमुर ताकाचेन्कोले बताए। भिश्नेभको सुपरमार्केटमा भएको आक्रमणमा तीन जनाको मृत्यु र तीन बालबालिकासहित १५ जना घाइते भएका छन् । बिला सेरक्वामा निजी घरमा भएको आक्रमणमा थप एक जनाको मृत्यु भएको छ ।

युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार डायमरमा मृतकमध्ये एक किशोरी र चालीस वर्षकी महिला छन् । उद्धारकर्मीहरूले ७९ वर्षीया महिला र एक बालकसहित केही व्यक्तिलाई जीवितै उद्धार गरेका छन् । भग्नावशेषमा पुरिएका तथा सम्पर्कमा आउन नसकेका व्यक्तिको खोजी जारी छ ।

यसैबीच, रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र पारेको छ । ड्निप्रोपेट्रोभस्क क्षेत्रको विद्युत् सबस्टेसनमा पनि आक्रमण भएको प्रधानमन्त्री सेर्गी कोरेत्स्कीले बताएका छन् । जाडोयाम नजिकिँदै गर्दा ऊर्जा संरचनामाथिका आक्रमणले युक्रेनको अवस्था थप कठिन बनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमिया पुलमा युक्रेनले गरेको आक्रमणको जवाफ ‘अझ पीडादायी’ हुने चेतावनी दिएका थिए ।  युक्रेनले एक साताभित्र पुलमा तीन पटक आक्रमण गर्दा सवारी आवागमनको भाग क्षतिग्रस्त हुनुका साथै रेल सेवा अवरुद्ध भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर बैठकपछि पुटिनको चेतावनी आएको हो । उक्त बैठकमा युक्रेन र युरोपेली नेताहरूलाई सहभागी नगराई शक्तिशाली राष्ट्रहरूले युद्धबारे निर्णय गर्न सक्ने आशंका व्यक्त गरिएको थियो । बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ, जहाँ अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले दोस्रो विश्वयुद्धपछि युरोपको क्षेत्रीय सीमाबारे छलफल गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जय नेपाल’ नभनेको भन्दै गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार निलम्बित
२०८३ मंग्सिर ७, सोमबार
Speaker Aryal, South Korean Ambassador Park discuss expanding bilateral cooperation
२०८३ मंग्सिर ७, सोमबार
इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता
२०८३ मंग्सिर ७, सोमबार
किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु
२०८३ मंग्सिर ७, सोमबार
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार