मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जियुक्वान (चीन), ९ मङ्सिर  : चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसलाई चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।

पाकिस्तानी अन्तरिक्ष यात्री ४० वर्षीय मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ प्रस्थान गर्नुभएको हो । अन्तरिक्षयान रकेटबाट अलग भई निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

यस अभियानले चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत पहिलो पटक विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित संयुक्त उडानको इतिहास बनाएको छ । पाकिस्तानमा प्रक्षेपणको खुसीयालीमा सर्वसाधारणले ‘पाकिस्तान–चीन मित्रता दीर्घायु होस्’ भन्दै उत्सव मनाएका थिए ।

पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इकबालले यस अभियानले भविष्यमा दुई देशबीच अन्तरिक्ष क्षेत्रमा अझ व्यापक सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाकिस्तानी अन्तरिक्ष यात्रीले आफ्नो देशको झण्डासँगै जनताको आशा र प्राविधिक आकांक्षा अन्तरिक्षमा पुर्‍याएको बताउनुभयो ।

यो संयुक्त अभियान सन् २०२५ फेब्रुअरीमा भएको चीन–पाकिस्तान सम्झौताको हिस्सा हो । चालकदलले अभियानका क्रममा ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछ । अलीले अन्तरिक्षमा प्रकाश संश्लेषण गर्ने साइनोब्याक्टेरियासम्बन्धी प्रयोग गर्नुहुनेछ र शेन्झाउ–२३ मार्फत पृथ्वी फर्कनुहुनेछ ।

अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि दुई पटक अन्तरिक्षमा पुगिसक्नुभएको छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाको नासाले भने सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान
२०८३ मंग्सिर ९, बुधबार
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
२०८३ मंग्सिर ९, बुधबार
युक्रेनसँगको युद्धमा पाँच लाख रुसी सेना मारिए
२०८३ मंग्सिर ९, बुधबार
सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु
२०८३ मंग्सिर ९, बुधबार
अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने
२०८३ मंग्सिर ९, बुधबार
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण
२०८३ मंग्सिर ९, बुधबार
त्रिवि सम्बन्धनका कलेजले अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाउने
२०८३ मंग्सिर ९, बुधबार