मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

पत्रकार सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई आमन्त्रण गरेको जी–२० शिखर सम्मेलनअघि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, १० मङ्सिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बर १० मा वर्षको अन्त्यमा हुने वार्षिक पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । क्रेमलिनले बिहीबार दिएको जानकारीअनुसार कडा रूपमा नियन्त्रित टेलिभिजन कार्यक्रममा उहाँले सर्वसाधारण र सञ्चारमाध्यमका प्रश्नको जवाफ दिनुहुनेछ ।

युक्रेनविरुद्ध रुसले युद्ध सुरु गरेको पाँचौँ वर्षगाँठ नजिकिँदै गर्दा पुटिनको यो सम्बोधन हुन लागेको हो । युद्ध अन्त्य गर्न मस्कोले पटकपटक युद्धविरामका प्रस्ताव अस्वीकार गर्दै आएको छ । यसैबीच युद्धमा ठूलो सङ्ख्यामा रुसी सैनिकको ज्यान गएको र त्यसको आर्थिक भार सर्वसाधारणले पनि बेहोर्नुपरेको विश्वास गरिएको छ । सरकारले युद्धप्रति असहमति जनाउनेहरूलाई भने दबाउँदै आएको छ ।

करिब एक चौथाइ शताब्दीदेखि सत्तामा रहनुभएका ७४ वर्षीय पुटिनले पत्रकार सम्मेलनमा धेरै घण्टासम्म बोल्ने गर्नुहुन्छ । रुसी नागरिकले देशभरबाट फोनमार्फत स्थानीय समस्या र जनजीवनसँग सम्बन्धित प्रश्न राख्छन् भने उहाँले अन्तर्राष्ट्रिय तथा भू–राजनीतिक विषयमा पनि धारणा सार्वजनिक गर्नुहुन्छ । कार्यक्रम मस्को समयअनुसार दिउँसो सुरु हुनेछ ।

सन् २००१ देखि नियमित रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम सन् २०२२ मा भने रुसले युक्रेनमा सैन्य कठिनाइ सामना गरिरहेका बेला रोकिएको थियो ।

यस वर्षको पत्रकार सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई आमन्त्रण गरेको जी–२० शिखर सम्मेलनअघि हुन लागेको छ । मियामीमा आयोजना हुने उक्त सम्मेलनमा पुटिन सहभागी हुनुहुने वा नहुनेबारे क्रेमलिनले स्पष्ट पारेको छैन । रासस\एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
२०८३ मंग्सिर १०, बिहिबार
‘देउवालाई सर्वोच्च नेता मान्न तयार छौँ, तर गगनलाई सभापतिबाट हटाउन सकिँदैन’: काँग्रेस महामन्त्री, प्रदीप पौडेल (अन्तवार्ता)
२०८३ मंग्सिर १०, बिहिबार
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
२०८३ मंग्सिर १०, बिहिबार
रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस
२०८३ मंग्सिर १०, बिहिबार
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी
२०८३ मंग्सिर १०, बिहिबार
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
२०८३ मंग्सिर १०, बिहिबार
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा वरिष्ठ नर्स गंगा हुमागाईं नियुक्त
२०८३ मंग्सिर १०, बिहिबार