मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

बिहीबार बिहानसम्म १३ जना कामदारको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जकार्ता, १० मङ्सिर : इन्डोनेसियाको जाभा टापुमा अवैधरूपमा सञ्चालित भारी वर्षापछि आएको बाढीका कारण सुन खानीमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक दर्जनभन्दा बढी अझै बेपत्ता छन्।

उद्धार अधिकारीले बिहीबार यो जानकारी दिएका हुन्। खनिजले भरिपूर्ण दक्षिणपूर्वी एसियाली द्वीपसमूहमा खानी दुर्घटना सामान्य छन्। विशेष गरी अनुमति नभएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र प्रायः बेवास्ता गरिने हुँदा यस्ता घटना बढी हुन्छन् ।

सोमबार भारी वर्षापछि नजिकैको नदीले बाढी ल्याउँदा खानी डुबेको थियो र कामदारहरू भित्रै थुनिएका थिए ।

स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीले वक्तव्यमा भन्नुभएको छ, “बिहीबार बिहानसम्म १३ जना कामदारको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन्।”

उद्धार अभियानमा करिब १०० मिटर (३३० फिट) गहिरा साँघुरो खाल्डा, न्यूनतम उज्यालो र चिप्लो भूभागजस्ता चुनौतीहरू रहेको देसियानाले बताउनुभयो ।

“खोज तथा उद्धार (एसएआर) अभियानमा संलग्न कर्मचारीको सुरक्षा प्राथमिकतामा राख्दै स्थलगत अवस्थालाई ध्यानमा राखेर सबै प्रयास गरिएको छ,” उहाँले थप्नुभयो । पश्चिम जाभा प्रहरी प्रवक्ता हेन्द्रा रोच्मावानका अनुसार सोमबार पानीले सुरुङ डुबाउनुअघि ११ जना खानी कामदार सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

अधिकारिहरूलाई फसेका कामदारबारे मङ्गलबार मात्रै जानकारी पाइएको र उद्धार प्रयास भइरहेको उहाँले बताउनुभयो । रासस\एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहुँच विस्तारको योजनासहित प्रतिवेदन पेस गर्न लगानी कोषलाई निर्देशन
२०८३ मंग्सिर १०, बिहिबार
ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह
२०८३ मंग्सिर १०, बिहिबार
महिला बास्केटबल : क्वाटरफाइनल समीकरण पूरा
२०८३ मंग्सिर १०, बिहिबार
क्रिकेटर रोहित पौडेलले सिम्रन खड्कासँग कसे लगनगाँठो
२०८३ मंग्सिर १०, बिहिबार
झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा
२०८३ मंग्सिर १०, बिहिबार
मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतम तेस्रो स्थानमा
२०८३ मंग्सिर १०, बिहिबार
पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
२०८३ मंग्सिर १०, बिहिबार