मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पत्रकारलाई तलब नदिने सञ्चारगृहमा धर्ना दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स-सम्मान पुनःबहाली र नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने भएको छ ।

महासङ्घले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने माग गर्दै यही कात्तिक २६ गते तीनवटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना समेत दिने तय गरेको छ ।

महासङ्घले विज्ञप्ती जारी गरी ऐन, नियमबमोजिम नियमित तथा पूर्ण पारिश्रमिक उपलब्ध गराउन पाँचदिने अल्टिमेटम दिँदै ती सञ्चार गृहमा आजै पत्र समेत पठाएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्यूज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टिबिआई पब्लिकेसन्स प्रालि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालिलाई पटक–पटक लिखित र मौखिकपत्र तथा वार्ताबाट महासङ्घले गरेको आग्रह थियो ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्य नेतृत्वमाको उच्चस्तरीय समितिको निर्णय बमोजिम पत्राचार गरिएको हो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार