मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

‘जनादेश प्राप्त सरकार असफल हुने छुट छैन’ : वरिष्ठ उपसभापति शर्मा

नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, १३ मङ्सिरः नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।

गृहनगर मेचीनगर नगरपालिका–९ मा नवनिर्मित खानेपानी परियोजनाको आज उद्घाटन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

“नागरिकमा धेरै निराशा फैलिएको छ”, उपसभापति शर्माले भन्नुभयो, “आवेग, आक्रोश र निराशाले देशलाई दुःखद् अवस्थामा पु¥यायो । जनादेश प्राप्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा रहेको सरकार सफल बन्नुपर्छ ।”

नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले जनादेश पाएको सरकारलाई सबै दलले सघाउनुपर्ने बताउनुभयो ।

जेनजी विद्रोह हुनुमा तत्कालीन सरकारले गरेको अत्यधिक बल प्रयोग पनि एउटा कारण रहेको उहाँको विश्लेषण छ । साथै, पुराना दलहरूले सुशासन कायम गर्न नसक्दा र नेतृत्वमा नयाँ अनुहार ल्याउन नसक्दा विद्रोहले मलजल पाएको वरिष्ठ उपसभापति शर्माले दाबी गर्नुभयो ।

पाँचै निर्वाचन क्षेत्रमा कार्यकर्तासँग भेटघाट

वरिष्ठ उपसभापति शर्माले गृह जिल्लाका नेता तथा कार्यकर्तासँग तीन दिन अलगअलग कार्यक्रममा भेटघाट र छलफल गर्नुहुने भएको छ ।

उहाँले आज दिउँसो कचनकबल गाउँपालिका–७ स्थित चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानमा झापा निर्वाचन क्षेत्र नं ३ का कार्यकर्तासँग भेटघाट गर्नुभएको छ ।

मङ्सिर १४ गते दमकस्थित पार्टीको क्षेत्रीय कार्यालयमा झापा–५ का र सोही दिन कनकाईस्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा झापा–४ का कार्यकर्तासँग छलफल गर्नुहुने झापा क्षेत्र नं १ का क्षेत्रीय सभापति इन्द्र बूढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार मङ्सिर १५ गते धुलाबारीको अतिथि सदनमा झापा–१ र सोही दिन विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा झापा–२ का नेता तथा कार्यकर्तासँग वरिष्ठ उपसभापति शर्माको भेटघाट कार्यक्रम तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बाजुरामा भव्य स्वागत तथा सम्मान
२०८३ मंग्सिर १३, आइतबार
शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिनुपर्छ : संयोजक प्रचण्ड
२०८३ मंग्सिर १३, आइतबार
‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’ : मुख्यमन्त्री शाही
२०८३ मंग्सिर १३, आइतबार
लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री
२०८३ मंग्सिर १३, आइतबार
‘जनादेश प्राप्त सरकार असफल हुने छुट छैन’ : वरिष्ठ उपसभापति शर्मा
२०८३ मंग्सिर १३, आइतबार
अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी
२०८३ मंग्सिर १३, आइतबार
एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
२०८३ मंग्सिर १३, आइतबार