मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिनुपर्छ : संयोजक प्रचण्ड

अनुभवका आधारमा प्रधानमन्त्रीका रूपमा तीनवटै कार्यकालमा शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नारायणगढ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेपाल शिक्षक सङ्गठनको दशौँ एकता जिल्ला अधिवेशनको आज चितवनमा उद्घाटन गर्दै उनले शिक्षकको ज्ञान, अनुभव र क्षमतालाई राज्यले उपयोग गर्नुपर्ने बताए। उनले योग्य र इमानदार शिक्षकलाई निर्वाचन, राजनीतिक नियुक्ति तथा राष्ट्रिय जिम्मेवारीमा अवसर दिनुपर्ने धारणा राखे।

आफ्नो शिक्षण जीवन चितवनबाट सुरु भएको स्मरण गर्दै संयोजक दाहालले नवलपरासीको त्रिभुवनटार र गोरखाको आरुघाटमा अध्यापन गरेको बताए।

आरुघाटमा अध्यापनका क्रममा जिल्लाभरिकै उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएपछि आफ्नो राजनीतिक विचार र परिचय स्थापित गर्न सहयोग पुगेको उनको भनाइ थियो।

शिक्षक जीवनका अनुभवले शिक्षा क्षेत्रका समस्या, शिक्षकको जिम्मेवारी र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको भूमिका बुझ्न सहयोग पुगेको उनले बताए। यही अनुभवका आधारमा प्रधानमन्त्रीका रूपमा तीनवटै कार्यकालमा शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

शिक्षक, प्राध्यापक तथा कर्मचारीको ज्ञान, अनुभव, इमानदारिता र क्षमतालाई देशको विकास तथा नीति निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले जनतामाझ लोकप्रिय र इमानदार शिक्षकलाई निर्वाचन तथा अन्य राजनीतिक गतिविधिमा प्राथमिकता दिनुपर्ने बताए।

‘आफ्नो इमानदारिता, निष्ठा र सक्रियताका कारण जनतामाझ लोकप्रिय भएका शिक्षक साथीलाई निर्वाचन तथा अन्य क्रियाकलापमा प्राथमिकता दिनुपर्छ भनेर मैले सबैतिर भन्दै आएको छु’, उनले भने।

उनले शिक्षकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिकामा अवसर दिनुपर्ने उल्लेख गर्दै चितवनका वरिष्ठ शिक्षकलाई राष्ट्रिय तथा राजनीतिक जिम्मेवारी लिन तयार रहन आग्रह गरे। शिक्षकको अनुभव र क्षमताले देशको नेतृत्व तथा नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनसक्ने उनको विश्वास थियो।

शिक्षकलाई आफ्नो अनुभव र क्षमताको सदुपयोग गर्दै सामाजिक तथा राष्ट्रिय भूमिकामा अघि बढ्न आग्रह गर्दै उनले त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बाजुरामा भव्य स्वागत तथा सम्मान
२०८३ मंग्सिर १३, आइतबार
शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिनुपर्छ : संयोजक प्रचण्ड
२०८३ मंग्सिर १३, आइतबार
‘कर्णालीवासीले आर्थिक अभावका कारण आँखा र कान उपचार सेवाबाट वञ्चित हुनु पर्दैन’ : मुख्यमन्त्री शाही
२०८३ मंग्सिर १३, आइतबार
लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामा : परराष्ट्रमन्त्री
२०८३ मंग्सिर १३, आइतबार
‘जनादेश प्राप्त सरकार असफल हुने छुट छैन’ : वरिष्ठ उपसभापति शर्मा
२०८३ मंग्सिर १३, आइतबार
अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी
२०८३ मंग्सिर १३, आइतबार
एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
२०८३ मंग्सिर १३, आइतबार