मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निजी आवास निर्माणको अनुदान वैशाखसम्म लिनैपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भूकम्पबाट क्षति भएका निजी आवास निर्माण गर्ने अनुदान किस्ता लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम समयसीमा तोकेको छ । २०७२ को भूकम्पपछि पाँचवर्षे कार्यावधिसहित गठन भएको प्राधिकरणको कार्यकाल सकिन लागेको भन्दै तीनओटै किस्ताका अनुदान लिन लाभग्राहीलाई अन्तिम समयसीमा तोकिएको हो ।

प्राधिकरणका अनुसार मङ्सिर मसान्तसम्ममा अनुदान सम्झौता गरिसकेका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले २०७७ पुस १५ सम्ममा पहिलो किस्ता, निजी आवास-घर निर्माण शुरू गरेकाले माघ मसान्तसम्ममा दोस्रो र २०७८ वैशाख मसान्तसम्ममा तेस्रो तथा अन्तिम किस्ता लिन म्याद थप गरेको छ । प्राधिकरणको कार्यकारी समितिको शुक्रवार बसेको बैठकले अनुदानका लागि सम्बन्धित स्थानीय तहमा तोकिएका नयाँ मितिमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने निर्णय गरेको हो ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिन लागेकोले यो नै अन्तिम समयसीमा हुने बताए । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रबलीकरण लाभग्राहीलाई छिट्टै सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)मा निवेदन दिन पनि अनुरोध गरेको छ ।

यसैगरी भूकम्पबाट क्षति भएकामध्ये ५ वर्षको अवधि हालसम्म ५ लाख ७ हजार ६२३ निजी आवास निर्माण भइसकेका छन् भने ७ लाख १० हजार २६८ घर निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणको तथ्यांक छ । निजी आवास निर्माणमा सकारात्मक प्रगति हासिल गरेको प्राधिकरणले अनुदान सम्झौता गर्ने लाभग्राहीकोे संख्यासमेत घटाउँदै आएको छ । भूकम्पबाट निजी आवास गुमाएका लाभग्राहीमध्ये हालसम्म ७ लाख ९१ हजार ७६७ जनासँग अनुदान सम्झौता भइसकेको छ ।

लाभग्राहीको सूचीमा पर्नेको संख्या ८ लाख ६६ हजार ६० रहेको छ । यसअनुसार अझै ७४ हजार २९३ जना लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी छ । यसैगरी पहिलो किस्ता लिनेको संख्या ७ लाख ८४ हजार ९५०, दोस्रो किस्ता ६ लाख ७७ हजार ९५ र तेस्रो किस्ता लिनेको संख्या ६ लाख ५ हजार ८३ पुगेको छ । सरकारले भूकम्पपीडितका निजी आवास बनाउन तीन चरणमा गरी रू. ३ लाख अनुदान दिँदै आएको छ ।

यसैगरी भूकम्पप्रतिरोधी आवास निर्माणका लागि पनि प्राधिकरणले ७० हजार १२७ जना  सिकर्मी, डकर्मी तथा प्लम्बर जस्ता जनशक्ति विकास गरेको छ । यस्तै प्राधिकरणले अनुदान वितरण गर्न ५ वर्षको अवधिमा कुल १० लाख ३७ हजार २९१ घरधुरी सर्वेक्षण गरेको छ । त्यसमध्ये अतिप्रभावित १४ जिल्लामा ८ लाख ६६ हजार ६० र कम प्रभावित १८ जिल्लामा १ लाख ७१ हजार २३१ घरधुरी सर्वेक्षण गरिएको छ । यस्तै प्रबलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ७७ हजार ३२५ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार