मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कञ्चनपुरको नेपाल-भारत सिमा क्षेत्रमा हतियार सहित प्रवेश गरेका भारतीय सुरक्षा बलका सुरक्षाकर्मीहरुलाइ स्थानियले लखेटेका छन् ।

बेलौरी नगरपालिका-१० भुडास्थित नेपाल-भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार फिर्ता पठाएका हुन् ।

कोसँग सोधेर आयौ भन्यौँ भनेर सोध्दा उनीहरुले कसैलाइ पनि नसोधेको भनेपछि उनीहरुलाइ २०/२५ जना युवाहरू मिलेर लखेटेको बेलौरी नगरपालिका वडा नं १० का वडा सदस्य रामनाथ चौधरीले बताए ।

उनीहरुल्े नेपाली भूमीमा आएर आफुहरुलाइ धम्की दिने गरेको समेत बताएका छन् । यसपटक पनि एकौटी रुपमा नेपाल छिरेर सीमा नापीरह्ेका र आफुहरु जाइलाग्न खोजेपछि उनीहरु भाँगेको उनको भनाइ छ ।

नेपाली प्रशासनसँग समन्वय नगरी सीमा स्तम्भ निरीक्षण गर्ने भन्दै हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । शनिबार सोही टोली बेल्डाडी गाउँपालिकाको सीमा नम्बर ३२ मा समेत पुगेको स्थानीयले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार