काठमाण्डौंः पछिल्लो २४ घन्टामा काठमाण्डौं उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो बिबरण अनुसार काठमाण्डौंमा १ हजार २ सय ९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १ सय ६२ जनासहित काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया