मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सार्वजनिक पदाधिकारीलाई अब एउटामात्र सवारी साधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सार्वजनिक पद धारण गरेका अधिकारीले एउटा मात्र सवारी साधान पाउने भएका छन्। अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ मा यस्तो व्यवस्था गरेको हो।

खर्च कटौती तथा मितव्ययिता कायम गर्न भन्दै ल्याइएको यो मापदण्डअनुसार त्यस्ता पदाधिकरीहरूले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, बिजुली, इन्धनजस्ता खर्च गर्दा पनि मितव्ययिता अपनाउनु पर्नेछ।  यस्तो खर्चको आवश्यकता तथा औचित्य पुष्टि गर्नु पर्नेछ। त्यस्तै वैदेशिक ऋणको रकमबाट  सवारी साधन खरिद गर्न रोक लगाइने तर अत्यावश्यक अवस्थाको पुष्टि हुने गरी अर्थ मन्त्रालयको अनुमति लिएर भने खरिद गर्न मापदण्डमा उल्लेख गरिएको छ।

सामान्य अवस्थामा हेलिकप्टर भाडा राज्य कोषबाट नतिर्ने भनिए पनि विपद्, महामारी, प्रकोप, उद्धार, शान्ति  सुरक्षा वा अति विशिष्‍ट पदाधिकारी सहभागी हुनुपर्ने विशेष अवस्थामा भने तिर्न पाइने छ। कुनै पनि सरकारी  निकायले वार्षिक स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर खर्च गर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनु पर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार