काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिहिवार साँझ फ्लाई दुबाईबाट दुबई जान लागेका ती जना चिनियाँ नागरिकहरुलाई अबैध रुपमा लैजान लागेको सामान सहित नियन्त्रणमा लिएको हो ।
४५ सेट विभिन्न कम्पनीका मोबाईल, ४ सय ८३ पिस एनसेल सिमकार्ड, २० पिस स्मार्ट सिमकार्ड र ६ पिस कम्प्युटर मोनिटर उनीहरुको साथ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद सामान सहित थप महानगरीय अपराध महाशाखाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया