काठमाण्डौंः कोरोना महामारीका कारण बन्द भएको विदेशी नागरिकका लागि पर्यटक भिसा सरकारले छिट्टै खोल्ने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।
कोरोना महामारीका कारण थला परेको पर्यटनलाई माथि उकास्नका लागि भए पनि विदेशी नागरिकका लागि पर्यटक भिसा छिट्टै खोल्न लागिएको मन्त्री भट्टराईले जानकारी दिएका छन् ।
झापाको चन्द्रगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले कोरोना संक्रमणका कारण नेपालको पर्यटन उद्योग धरासायी भएको जनाएका छन् ।
‘मारमा परेका पर्यटन व्यवसायीलाई राहत दिन सरकारले ५० अर्ब बराबरको पुनर्उत्थान कोष सञ्चालनमा ल्याउने तयारी गरेको छ’, उनले भने, ‘मन्त्रिपरिषदबाट कार्यविधि पास भएपछि यो लागू हुन्छ ।’
मन्त्री भट्टराईका अनुसार कोष सञ्चालनमा आएपछि व्यवसायीले पाँच प्रतिशत व्याजदरमा ऋण पाउन छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया