काठमाण्डौंः गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिको विषयमा विवाद देखिएको छ ।
क्यापसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्ति गर्ने विषयमा काङ्ग्रेस र कम्युनिष्ट–जनमोर्चा पार्टीमा आस्था राख्ने सञ्चालक समितिका पदाधिकारीहरुबीच विवाद देखिएको हो ।
काँग्रेस निकट पदाधिकारीहरु गौतमलाई नियुक्ति दिने पक्षमा देखिएका छन् भने कम्युनिष्ट र जनमोर्चा निकट पदाधिकारीहरु गौतमलाई पुनः नियुक्ति नदिने पक्षमा रहेका छन् ।
पुनः नियुक्ति दिने विषयमा काँग्रेस निकट पदाधिकारीहरुले निर्णय गरेपछि नेकपा निकट पदाधिकारीहरुले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेकपा रेसुङ्गा नगर कमिटी सचिवसमेत रहेका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्म विकले जानकारी दिए ।
क्याम्पसमा नेपाली काँग्रेसका छ, नेकपाका चार र राष्ट्रिय जनमोर्चाका एक गरी कूल १० जना सञ्चालक समितिमा रहेका छन् ।-रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया