काठमाण्डौंः काठमाण्डौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ ।
यो यस वर्षकै सबैभन्दा कम तापक्रम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज दिनभर पनि देशभरको मौसम बदली हुनेछ ।
काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ६ दशमलव ४ डिग्री सेल्यियस मापन गरिएको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति हुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, पुर्वी रुकुम लगायतका स्थानमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया