असार २३, २०८२ सोमबार July 7, 2025

सीमापारी रेल सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जयनगर-जनकपुर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत-नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको छ ।

कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर-जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसडीपी) का लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । यसले रेल सञ्चालन गर्न कार्यविधि बनाउने छ ।

कार्यविधिबारे भारतले प्रस्ताव गरेको विषयमा नेपालले केही परिमार्जनको प्रस्ताव राखेको उनले जानकारी दिए । बैठकले जयनगर–विजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अगाडि बढिरहेको सीमापार रेलमार्ग परियोजनाको समीक्षाका साथै यात्रुबाहक रेल सेवा सञ्चालन गर्न भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षद्वारा छलफल गरिएको सचिव श्रेष्ठले बताए ।

उक्त रेलमार्ग सञ्चालन गर्न असोज २ गते भारतबाट खरिद गरिएका दुईवटा डेमो रेल अहिले धनुषाको इनरुवा स्टेसनमा पार्किङ गरिएका छन् । त्यसैगरी बैठकमा भारतको जोगवनी र नेपालको विराटनगर बीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्न तीव्र रूपमा काम अगाडि बढाउन दुवै पक्षले सहमति जनाएका थिए ।

तीन अर्ब ७४ करोड भारतीय रुपियाँ अनुदान सहयोग अन्तर्गत सो अन्तरदेशीय परियोजनाको निर्माण भइरहेको बैठकपछि नेपाल र भारतद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार