मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मुख्यमन्त्री गुरुङले गाउँपालिका अध्यक्ष क्याप्टेन पुनसँग मीत लगाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मीत लगाएका छन् । उनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनसँग मितेरी साइनो जोडेका छन् ।

मुस्ताङका प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनका पिताको निधनमा श्रद्धाञ्जली दिन पुगेका मुख्यमन्त्री गुरुङ फर्किने क्रममा म्याग्दी बसेका थिए । सोही क्रममा उनले काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षसँग मितेरी साइनो गाँसेका जनाइएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मितेरी लगाएको जानकारी दिएका छन् ।

‘‘पहिलादेखिको योजना होइन, हामीलाई थाहा थिएन, हिजो जाँदा अनुहार मिल्ने भनेर टाउको ठोक्काउने काम भयो,’’ पुनले भने । मुख्यमन्त्री गुरुङ जिल्लामा आएको अवसरमा एक अर्काले टीका र माला लगाएर ‘मित’ साइनो जोडिएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए ।

उनीहरुले एक अर्कालाई टोपी लगाइदिएका थिए । मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षले टीका र माला एक-अर्कालाई लगाउनुको साथै केक समेत काटेर खुसीयाली साटासाट गरिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार