काठमाण्डौंः कोरोना संक्रमणबाट बिरामी परेका बाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बाग्मती प्रदेश सांसदका अनुसार कोरोना संक्रमण देखिएपछि हेटौंडास्थित मन्त्री क्वाटरमै आइसोलेसनमा बसेका उनलाई स्वाथ्यमा थप समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मन्त्री लामाको पिसिआर परीक्षण गरिएको थियो । मंसिर ५ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया