मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

भारतीय विदेशसचिव काठमाडौंमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि काठमाडौं विमानस्थल अवतरण गरेका हुन् ।

श्रृंगला आजै काठमाडौंको होटल याक एन्ड एतिमा हुने नेपाल-भारत विदेश सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन् ।

बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्।

नेपाल- भारत विदेश सचीवस्तरीय द्विपक्षीय बैठक मध्यान्ह हुनेछ ।

बैठकमा सहभागी भएपछि भारतीय विदेशसचिव अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जानेछन्। आजै साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट गर्नेछन् ।

“भारतीय विदेशसचिव ज्यूको सबै औपचारिक कार्यक्रम आज नै सकिन्छ” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। भारतीय विदेशसचिव श्रृंगला भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार