बैसाख २१, २०८३ सोमबार May 4, 2026

विप्लव समूहले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्ट नेता लोहनी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले केन्द्रीय सदस्यबाट हटाएका गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ।

सादा पोसाकमा खटिएका प्रहरीले आज (मंगलबार) बिहान चितवनबाट पक्राउ गरेको हो।

विप्लव समूहले सोमबार विज्ञप्ति जारी गरी लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराएको थियो।

उनलाई भरतपुर महानगरपालिका-११ बसेनी क्षेत्रबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन।

लोहनी विप्लव समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको बताइएको छ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता-कार्यकर्ता पक्राउ अभियानलाई सरकारले तीव्र पारेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री डा. वाग्ले
२०८३ बैसाख २१, सोमबार
चट्याङ लागेर नैना बुढाको निधन
२०८३ बैसाख २१, सोमबार
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
२०८३ बैसाख २१, सोमबार
आइपिएलमा १६४ रनको लक्ष्य पछ्याउँदै गुजरात टाइटन्स विजयी
२०८३ बैसाख २१, सोमबार
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
२०८३ बैसाख २१, सोमबार
भारतमा मतगणना : मोदीका लागि निर्णायक घडी
२०८३ बैसाख २१, सोमबार
वाग्मती प्रदेश सरकारले बलेफीमा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने
२०८३ बैसाख २१, सोमबार