वैशाख २०, २०८१ बिहिबार May 2, 2024

विप्लव समूहले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्ट नेता लोहनी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले केन्द्रीय सदस्यबाट हटाएका गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ।

सादा पोसाकमा खटिएका प्रहरीले आज (मंगलबार) बिहान चितवनबाट पक्राउ गरेको हो।

विप्लव समूहले सोमबार विज्ञप्ति जारी गरी लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराएको थियो।

उनलाई भरतपुर महानगरपालिका-११ बसेनी क्षेत्रबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन।

लोहनी विप्लव समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको बताइएको छ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता-कार्यकर्ता पक्राउ अभियानलाई सरकारले तीव्र पारेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार