वैशाख २२, २०८१ शनिबार May 4, 2024

भ्रममा नपर्नुस्, प्रधानमन्त्री र म समझदारीमै छौं : अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताएका छन् । आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन ।

पाँचथरमा प्रशिक्षण कार्यक्रम पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताएका छन ।

उनले भने, ‘मुलभूत रुपमा सहमति कार्यान्वयनमा अगाडि बढिरहेका छौं । अरु सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन् ।’

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार मात्र आफ्नो दुई घण्टा कुराकानी भएको उनले सुनाएका छन । प्रचण्डले भने, ‘समग्र स्थितिलाई कसरी लैजाने भनेर समिक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं । होहल्ला र प्रचारको भ्रममा नपर्न आग्रह गर्छु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार