मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापतिसँग भेट गरेपछि मात्रै प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एकदिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले सबैभन्दा पहिला प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने भएका छन्।

प्रधानसेनापति थापाले अपरान्ह्र २ बजेतिर चिनियाँ रक्षा मन्त्रीसँग शिष्टाचार भेट गर्नेछन्।

चिनियाँ रक्षा मन्त्री वेईले दिउँसो ४ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँग उनले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको छ।

चिनियाँ रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ५ बजेतिर भेट्ने कार्यक्रम छ। राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न उनी राष्ट्रपति कार्यालय शीतल निवास पुग्नेछन्। साँझ ६ बजेतिर नेपाल भ्रमण सम्पन्न गरी उनको फर्कने कार्यक्रम छ।

उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापालगायतले स्वागत गरेका थिए।

विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै चिनियाँ रक्षा मन्त्री वेइले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउने आफ्नो भ्रमणको उद्देश्य रहेको बताएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार