काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुश, प्रदर्शन तथा अभियानका नाममा भीडभाड नगर्न निर्देशन जारी गरेको छ।
जिप्रकाले आज मंगलबार सूचना जारी गर्दै राजनीतिक वा अन्य माग राखेर भीडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाएको छ।
कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भीडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नुपरेको सूचनामा उल्लेख छ।
पछिल्लो समय राजतन्त्र तथा हिन्दू राष्ट्र पक्षधर तथा संघीयता विराेधीहरूले संगठित रूपमै विराेध प्रदर्शन गरिरहेका छन्।
सोमबार मात्रै माइतीघरमा राजतन्त्र तथा हिन्दू राष्ट्र पक्षधरले जुलुश निकालेका थिए। उनीहरुले २० मंसिरमा पनि काठमाडाैंमै प्रदर्शनकाे तयारी रहेकाे बताइएकाे छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया