मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मुख्यमन्त्री लाल बाबु राउतको फेसबुक ‘ह्याक’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्रीका रूपमा र व्यक्तिगत गरी दुवै नाममा रहेका फेसबुक पेज शुक्रबार बिहान ह्याक गरिएको हो ।

मुख्यमन्त्रीको सचिवालयले प्रयोग गर्ने मुख्यमन्त्री सञ्चार सचिवालय प्रदेश २ पेज र मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आइडी पनि एकैसाथ ह्याक गरिएको छ ।

शुक्रबार बिहान करिब साँढे ९ बजेतिर मुख्यमन्त्री राउत र उनीसँग सम्बद्ध अन्य चारवटा फेसबुक पेज ह्याक भएको मिश्राले जानकारी दिए । ‘फेसबुक ह्याक भएको दुई मिनेटमै हामीले थाह पायौं,’ उनले भने, ‘ह्याकरले फेसबुकमा प्रोफाइल तस्बिर परिवर्तन गरेर कुनै युवतीको फोटो पोस्ट गरेका छन् ।’

मुख्यमन्त्रीको सचिवालयले फेसबुक ह्याक भएको बारे नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई जानकारी गराइसकेको छ । मुख्यमन्त्री राउतको फेसबुक धरानबाट ह्याक भएको देखिएको प्रेस सल्लाहकार मिश्रले बताए ।

मुख्यमन्त्रीसहित आफ्नो पनि फेसबुक पेज ह्याक भएकाले त्यहाँबाट सम्प्रेषित हुने कुनै पनि स्ट्याटसलाई आधिकारिक नमानिदिन उनले आग्रह पनि गरेका छन् । मिश्राका अनुसार ह्याकरले मुख्यमन्त्री राउतको ‘सीएम लालबाबु राउत’ पेजमा रहेका पुराना सबै ‘लिंक’ हटाइदिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
२०८३ मंग्सिर १, मंगलबार