असार २३, २०८२ सोमबार July 7, 2025

भिजिट भिसामा सेटिङको आशंका : अध्यागमनका १३ अधिकृत मन्त्रालय तानिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने गिरोहसँग मिलेको आशंकमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका १३ अधिकृतलाई मन्त्रालयमा तानेको छ । प्रारम्भिक छानबिनमा गल्ती देखिएकाले उनीहरूलाई त्यहाँबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

भिजिट भिसामा ठूलो संख्यामा युवायुवतीलाई संयुक्त अबर इमिरेट्स (युएई) र कतार पठाएको पाइएपछि मन्त्रालयले उपसचिव रुद्र पण्डितको नेतृत्व छानबिन गरिरहेको छ । सो समितिकै सिफारिसका आधारमा १३ अधिकृतलाई मन्त्रालय तानिएको हो ।

अन्तर्राष्ट्रिय उडान खुलेसँगै ठूलो संख्यामा नेपाली भिजिट भिसामा युएई गएका थिए । घुम्ने नाममा त्यहाँ गएर काम गर्नेहरू धेरै रहेको मन्त्रालयको आशंका छ । खासगरी रातको समयमा ड्युटीमा खटिएका अध्यागमन अधिकृतहरू छानबिनमा तानिएका छन् । भिजिट भिसामा रातिको समयको उडानबाट धेरै विदेश गएको पाइएको थियो ।

केही मेनपावर कम्पनी र ट्राभल एजेन्सीको सेटिङमा सयौँ युवायुवती काम गर्न विदेश गएको पुष्टि भएको स्रोत बताउँछ । भिजिट भिसामा कर्मचारीबाट अधिकार दुरुपयोग नहोस् भनेर नियमित रूपमा अनुगमन भइरहेको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया