असोज ९, २०८३ शुक्रबार September 25, 2026

आदेश विपरीत उत्तरपुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार जरीवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आदेश विपरीत उत्तरपुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई राष्ट्रिय सूचना आयोगले कारबाही गर्ने निर्णय गरेको छ । आफ्नो आदेश नटेरेको र गैह्रजिम्मेवार बनेको भन्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

शिक्षाध्यक्षलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको राष्ट्रिय सूचना आयोगले जनाएको छ । साथै आयोगले आफ्नो निर्णय कार्यान्वयन गरी त्यसको जानकारी गराउन त्रिभुवन विश्वविधालय, शिक्षाअध्यक्षको कार्यालयलाई पत्रचार समेत गरेको छ।

स्याङ्जाका आशिष पौडेलले २०७५ पुष २९ गते सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तह भौतिक शास्त्रको प्रथम सेमेस्टरको एमएस्सी क्वान्टम मेकानिक्स विषयको पुरानो कोर्सको परीक्षाको सम्पूर्ण परीक्षार्थीको उत्तरपुस्तिका धुल्याउनबाट निषेश गरी सुरक्षित रुपमा शिलबन्दी गरी पाऊ भन्दै २०७६ साल असोज ९ गते स्याङ्जाका आशिष पौडेलले आयोगमा पुनरावेदन गरेका थिए ।

पौडेलले २०७७ असार २९ गते सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा लिखित जवाफ पेश गर्दै शिक्षाध्यक्ष कार्यालयअन्तर्गत सम्बन्धित विषयको डीन कार्यालयले उक्त परिक्षा सम्बन्धी सम्पूर्ण प्रतिवेदन, उत्तर पुस्तिका धुल्याइसकेको उल्लेख गरेपछि आयोगले फेरी स्पष्टिकरण सोधेको थियो।

आयोगले २०७६ साल चैत ६ गते उक्त परिक्षामा सोधिएका प्रश्न पत्र, छानबिन समितिले बुझाएका प्रतिवेदनलगायत विभिन्न प्रतिवेदन अर्को आदेश नहुँदासम्म सुरक्षित गर्ने गराउने व्यवस्था गर्न शिक्षाध्यक्षलगायत कार्यालयको नाममा आदेश जारी गरेको थियो ।

‘पटक पटक त्रिवि शिक्षाध्यक्षको कार्यालय प्रमुखलाई सूचना उपलब्ध गराउन आदेश भएको आदेश भई पत्राचार भएको आयोगमा भएको छलफल समेतको आधारमा यस आयोगबाट २०७६ चैत ६ गते भएको आदेश बमोजिमको कागजातहरुको संरक्षण व्यवस्था मिलाउन भनिएकोमा सूचना संरक्षण गर्नुको सट्टा मातहतको कार्यालयमाथि जिम्मेवारी पन्छाउन खोजेको, आयोगको आदेश, पत्राचारको वेवस्था गरि विषायान्तर गरी पन्छिन खोजेबाट आयोगको आदेशको पालना गरेको देखिएन’, आयोगले गरेको फैसलाको ठहर खण्डमा भनिएको छ, ‘ प्रस्तुत सूचनाको प्रकृति हेर्दा निज पुनरावेदन ९आशिष० लगायत व्यक्तिहरुको भविस्यसँग सम्बन्धित सुचना भएको हुँदा सो सूचना संरक्षण गर्न गराउन त्रिवि शिक्षाध्यक्षको कार्यालय, कीर्तिपुरका कार्यालय प्रमुख पूर्णत उदासीन भएको देखिन्छ।

आयोगको आदेश विपरीत ती अभिलेखहरु किन धुल्याइएको हो? तपाईलाई कारबाही किन नगर्ने भनी जवाफ पेश गर्न आयोगले शिक्षाध्यक्ष कार्यालयलाइ भनिएको थियो ।

आयोगका अनुसार आयोगले ‘जिम्मेवार निकायका प्रमुखले मातहतका निकायमा रहेको सूचना संरक्षण गर्नुपर्नेमा सो नगरी आफ्नो जिम्मेवारीबाट पन्छिइ आफ्नो आदेशको बेवास्था गरेको र शिक्षाध्यक्ष कार्यालयले गत मंसिर ३ गते दिएको जवाफमा उत्तर पुस्तिका धुल्याउने सम्बन्धमा विश्व विधालयको नियमअनुसार सम्बन्धित निकायले नै जवाफ प्रस्तुत गर्ने हुँदा शिक्षाध्यक्षको कार्यालय प्रमुखलाई कारबाही हुनुपर्ने होइन भन्ने उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया