असार २३, २०८२ सोमबार July 7, 2025

वामदेव गौतमलाई प्रधानमन्त्री दिन ओली तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी ओलीले वामदेव गौतमलाई फेरि प्रधानमन्त्रीको आश्वासन दिएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा उनले आफू पद त्याग गर्न मात्र होइन, त्यसका लागि वामदेव गौतमजस्ता नेतालाई जिम्मेवारी दिन पनि तयार भएको बताएका हुन् ।

‘म त्याग गर्न तयार छु, भनेकै छु । मलाई अध्यक्ष र प्रधानमन्त्री पदमा टाँसिइरहन लोभ पनि छैन । मैले छाड्छु,’ स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीको भनाइ थियो, ‘मेरा लागि पद महत्वपूर्ण छैन । तर, त्यसपछि को हुने हो ? हामीमध्ये धेरै प्रधानमन्त्री भइसकेका छौँ । अब नभएकालाई दिऊँ न त । यही साइडमा उपाध्यक्ष वामदेव कमरेड हुनुहुन्छ । चुनाव गरेर हुन्छ कि कसरी हुन्छ, उहाँलाई बनाउँदा पनि भयो ।’ तर, उनले आफ्नो प्रस्तावबारे थप प्रस्ट भने पारेनन् ।

यसअघि पार्टी विवाद उत्कर्षमा पुग्दा पनि ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउन आफु तयार रहेको बताएका थिए । तर, पार्टी विवाद मोड्न मात्र ओलीको त्यस्तो बताएको खुलेपछि वामदेव समेत रिसाएका थिए । अहिलेपनि प्रचण्ड माधव नेपाल गठबन्धक फुटाउन उनले यस्तो प्रस्ताव गरेको बताइएको छ । दृष्टीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया