कार्तिक ११, २०८३ बुधबार October 28, 2026

दूरी बढेको छैन, हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था दुवै छैन : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी बढने कुनै सम्भावना नरहेको बताएका छन्।

असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाल लिएर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दूरी बढने कुनै अवस्था नरहेको बताएका छन।

‘रमाईलो कुरा गर्नु भयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दूरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँहि मिलेन। हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था दुवै छैन।’

प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्याममा आइरहेका थिए। प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताएका हुन्।

प्रचण्डले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रचण्डले के प्रसंगमा त्यसो भन्नु भएको हो भन्ने आफूले नसुनेको बताएका छन। ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने ईच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दूरी बढेको भन्न मिल्दैन, बरु दूरी घटेको भन्नुपर्छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार