श्रावण ५, २०८२ सोमबार July 21, 2025

प्रचण्ड-माधव पक्षको बैठकले काठमाण्डौं केन्द्रित कार्यक्रम गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्ध कडा रुपमा आन्दोलन गर्ने निर्णय भएको छ ।

बैठकले आन्दोलनलाई अझ प्रभावकारी बनाउन थप रणनीति तय गर्ने तथा काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने नेताहरुले बताएका छन् ।  बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो ।

बैठपछि नेता स्थायी कमिटी सदस्य रघुजी पन्तले अहिलेसम्म भएका संघर्षका कार्यक्रमको समीक्षा गर्दै भावी आन्दोलनका बारेमा बैठकमा छलफल भएको जानकारी दिए ।

उनले अहिलेसम्मको आन्दोलन प्रभावकारी भएको भन्दै अझै प्रभावशाली बनाउन पहल गर्ने निर्णय भएको बताए । ‘यो आन्दोलन नेकपाको मात्रै नभएर अन्य राजनैतिक दलहरुसहित साझा आन्दोलनका रुपमा अघि बढेको हामीले मूल्याँकन गरेका छौ । यो आन्दोलन अझै अघि बढ्छ ।

आमनागरिक, बुद्धिजीवी, न्यायपालिकादेखि बुद्धिजीवीसम्मको सरोकारको विषय हो’ नेता पन्तको भनाई छ । उनले यो आन्दोलनले संविधान, लोकतन्त्र जोगाउँदै मुलुकको डिरेल हुन लागेको राजनीतिलाई ट्रयाकमा ल्याएरमात्रै विश्राम लिने बताए ।  बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेको र उनिहरुलाई थप आन्दोलन गर्न तयारी गर्न निर्देशन पनि दिएको नेता पन्तले बताए ।

त्यस्तै बैठकमा भावी संघर्षका कार्यक्रम कस्ता बनाउने ? भन्ने विषयमा छलफल सुरु भएपनि निर्णयमा पुगिनसकेपनि आन्दोलन कडा रुपमा गर्ने संकेत गर्दै स्थायी कमिटी बैठक ‘जारी भएकाले अबका कार्यक्रम कस्ता बन्छन् भन्ने बैठक सकिएपछि सबैकुरा थाहा हुन्छ’ पन्तले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार