असार २३, २०८२ सोमबार July 7, 2025

पुसमा पनि सरकारको आम्दानी कमजोर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुसमा १ खर्ब ३५ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २४ अर्बमात्रै उठाउन सकेको देखिन्छ । गैरकरतर्फ शिक्षण, पर्यटन, सेवा शुल्कतर्फ पनि कम असुलीमा अझै सुधार नदेखिएको महालेखाका अधिकारीहरू बताउँछन् ।

७२ अर्ब राजस्व संकलनको लक्ष्य पुस महीनामा राखिए पनि ६२ अर्ब संकलन भएको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ति पाण्डे बताउँछन् । ठूला करदाता कार्यालयले मात्रै यो महीनामा ४४ अर्ब राजस्व संकलन हुने अपेक्षा राखेकोमा ३२ अर्बको हाराहारी राजस्व उठाउन सकेको विभागको भनाइ छ ।

सरकारले पुस महीनामा राजस्वको लक्ष्य पूरा गर्नकै निम्ति राजस्वको सूचकांकअन्तर्गतको आयकरलाई कसिलो बनाएको थियो ।

अर्थमन्त्री विष्णु पौडेललाई पटकपटक भेटेर निजीक्षेत्रका प्रतिनिधिहरूले कोरोनाका कारण पुस मसान्तभित्र आय विवरण बुझाउन कठिन हुने जानकारी दिए पनि सरकारले पूरै बेवास्ता गर्यो । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया