असार १२, २०८३ शुक्रबार June 26, 2026

मुग्लिन–पोखरा सडक चार लेनको हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौैं । एसियाली विकास बैंक (एडीबी)ले पोखरा–मुग्लिङ राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ।

विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले पाँच अर्ब ९० करोड लगानी गर्नेछ। एडीबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो ।

भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पु¥याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ।

८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरेनी–मुग्लिङ खण्ड त्यसपछि निर्माण गरिनेछ। एडीबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार