वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

नेपालगञ्जमा प्रहरी विरुद्ध तरुण दलले प्रदर्शन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कांग्रेस भातृ संगठन दरुण दलले सोमबार प्रहरी विरुद्ध नेपालगञ्जमा प्रदर्शनको तयारी गरेको छ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागिएको तरुण दलले जनाएको छ।

प्रदर्शनका लागि गाउँ–गाउँबाट कांग्रेस कार्यकर्ता नेपालगञ्जमा भेला हुन थालेका छन्।

प्रदर्शनपछि हुने सभालाई कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस केन्द्रीय सदस्य रञ्जितसिंह राठौर, कांग्रेस बाँकेकी सभापति किरण कोइराला, तरुण दल केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, बाँके अध्यक्ष वीरेन्द्रबहादुर शाहलगायतले सम्बोधन गर्ने बताइएको छ।

प्रहरीले १४ कात्तिकमा जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित पक्राउ गरेको थियो।

तर तरुण दलका नेताहरुले भने प्रहरीले षड्यन्त्रपूर्ण ढंगले आफ्ना नेतालाई फसाउन खोजेको आरोप लगाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार