मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

काठमाडौं मेयर कप क्रिकेट : वाग्मतीको पहिलो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो जित निकालेको छ । वाग्मतीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २७ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा वाग्मतीले टस हारेर ब्याटिङ गर्दै ५० ओभरमा छ विकेट गुमाएर २३३ रन बनायो । दुई सय ३४ रनको विजय लक्ष्य पछ्याएको एपीएफले ४४ दशमलव पाँच ओभरमा सबै विकेटको क्षतिमा २०६ रन मात्र बनायो ।

वाग्मतीका लागि नन्दन यादवले अविजित ६०, कप्तान ज्ञानेन्द्र मल्ले ५७, आदिल खानले ३४, इशान पाण्डेले ३१, पारस खड्काले २९ रन बनाउनुभयो । बलिङतर्फ एपीएफका किशोर महतो र अमर रौटेलाले दुई दुई तथा अविनाश बोहरा र वसन्त रेग्मले एक एक विकेट लिनुभयो ।

यस्तै एपीएफका लागि ब्याटिङ गर्ने क्रममा आशिफ शेखले ५०, शङ्कर रानाले २९, अमर रौटेलाले २७, सन्दीप जोराले २५, भुवन कार्कीले १४, वसन्त रेग्मीले ११ तथा किशोर महतोले ११ रन बनाउनुभयो । बलिङतर्फ वाग्मतीका लागि सोनु देवकोटाले छ तथा आरियो पौडेल र रामनरेश गिरीले दुई दुई विकेट लिनुभयो । प्लेयर अफ दी म्याच वाग्मतीका सोनु देवकोटा घोषित हुनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार