असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाडौँ मेयर कप क्रिकेट नेपाल पुलिस क्लब फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ मेयर–११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

पुलिस क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो । एक सय ९८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौँ मेयर ११ ले ३१ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।

काठमाडौँ मेयर ११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाउनुभयो । यस्तै कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाउनुभयो । बलिङतर्फ पुलिसका पवन सर्राफले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा ललित राजवंशीले दुई विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ तथा दिलीप नाथले १२ रनको योगदान दिनुभयो । बलिङतर्फ काठमाडौँ मेयर ११ का सन्दीप लामिछाने, हरिशङ्कर साह र विपिन खत्रीले समान तीन–तीन विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच पुलिसका पवन सर्राफ घोषित हुनुभयो ।

प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । जितसँगै पुलिस चार खेलमा छ अङ्क जोड्दै फाइनलमा पुग्न सफल भएको हो । शीर्ष स्थानमा रहेको पुलिसले पहिलो खेलमा वाग्मती प्रदेशलाई हराएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो । पुलिसले तेस्रो खेलमा आर्मीलाई पराजित गरेको थियो ।

काठमाडौँको यो दोस्रो हार हो । काठमाडौँले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँ मेयर ११ ले वाग्मती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा काठमाडौँ मेयर ११ आर्मीसँग पराजित भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार